जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिनु हुँदैनः मन्त्री गौतम


११ कार्तिक २०८२, सोमबार ११:५७ मा प्रकाशित


काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन—जी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताचउनुभएको छ । 


सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उहाँले यस्तो बताउनुभएको हो । उहाँले केएमसी अस्पतालले जेन जी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताउनु भयो ।

उपचाररत घाईतेमध्ये एक जना महिला रहनुभएको र उहाँमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताउनु भयो । अर्को एक घाईते गोली लागेर उपचाररत रहेको जानकारी दिनुभयो । दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको बताउनु भयो ।

शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेन जीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताउनु भयो । 

उहाँले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here