नवनियुक्त खेलकुदमन्त्री गुप्ताको प्रतिवद्धताः गफ गर्दिन, कामको कुरा मात्रै ब्रिफिङ गर्छु


१० कार्तिक २०८२, आईतवार १७:५६ मा प्रकाशित


काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताउनुभएको छ ।

आईतवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताउनुभएको हो ।

विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो । उहाँले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढने समेत बताउनु भयो । 


यसअघि उहाँलाई मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here