रगत नपाएको भन्ने कुरा भ्रम हो : अध्यक्ष प्रसाईं


९ कार्तिक २०८२, शनिबार २०:४६ मा प्रकाशित

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले स्थानीय सञ्चारमाध्यमा रगत नपाएको भन्ने भिडियो सामाग्रीमाथी आपत्ती जनाउनु भएको छ ।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईले शुक्रबार स्थानीय सञ्चारमाध्यमको सामाजिक सञ्जालमा रगत नपाएको भन्ने गुनासो सहितको भिडियो सामाग्री माथी आज पत्रकार सगँ कुरा गर्दै आपत्ती जनाउनु भएको हो ।

स्थानीय सञ्चारमाध्यम बुद्धशान्ति साप्ताहिकको टिमलाई रगत अभाव भएको र रगत मागका लागि चारपाने स्थित रेडक्रसको कार्यालयमा पुग्दा निशु्ल्क रगत नपाएको भन्दै र्भिडियो सामाजिक सञ्जालमा आएको थियो ।

बुुद्धशान्ति गाउँपालिकाले बुधबारे रेडक्रसको समन्वयमा स्थानीय नागरिकका लागि निशुल्क रगत वन्दोबस्ती गर्न हरेक बर्ष ५ लाख रुपैँया रकम उपलब्ध गराउँदै आएको बताईएको छ ।

यस बर्ष पनि उपलबध गराएको रकम रेडक्रसले सम्झौताको तयारी गदैगर्दा भदौ २३ को जेनजी आन्दोलनका क्रममा सम्झौता गर्न ढिलाई भएको हो तर सम्झौता गर्न ढिलाई भएता पनि स्थानीय नागरिकलाई रगत निशुल्क उपलब्ध गराउँदै आएको बुद्धशान्ति रेडक्रसका पूर्व अध्यक्ष हरि पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो यो आर्थिक बर्षको तीन महिनामा करिव ९० जना बुद्धशान्तिका नागरिकलाई निशुल्क रगतको व्यवस्था गरिएको जनाउँदै यस्ता कुराको भ्रममा नपर्न सबैमा अनुरोध समेत गर्नु भयो ।

यता बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईले आफूलाई बुद्धशान्ति साप्ताहिकको टिमबाट रगतका लागि कुनैपनि फोन नआएको बताउनु भयो । अध्यक्ष प्रसाले भन्नू भयो एक स्थानीय शिक्षक पदमप्रसाद खतिवडाको मोवाइल बाट रगत आवश्यक पर्यो भनेर फोन आयो तर, साप्ताहिकको टिमाबाट भने रगत आवश्यक परेको जानकारी नभएको बताउनु भयो

एता शिक्षक पदमप्रसाद खतिवडा सगँ कुरा गर्दा आफूले फोन नगरेको तर आफ्नो फोन साप्ताहिककै सरोज निरौलले प्रयोग गरेको बताउनु भयो । उहाँले भन्नू भयो निरौला सरले यसरी मेरो फोन मागेर दुरुप्रयोग गर्दै पालिकालाई र बुद्धशान्ति बासिलाई नै बदनामि गराउने काम गरे यसमा मेरो घोर आपती भएको बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here