सर्वसाधारणले भनेः सरकारले निर्वाचनको वातावरण बनाउन ध्यान केन्द्रित गरोस्


८ कार्तिक २०८२, शुक्रबार १७:५२ मा प्रकाशित


काठमाडौं । सर्वसाधारणले पनि निर्वाचनको लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन । 


शुक्रवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनीहरुले राजनीतिक दलहरुसँग परामर्शमा जोड दिएर आगामी फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउनेमा काममा सरकारको जोड हुनुपर्ने उनीहरुले बताएका हुन् ।

काठमाडांैका भुकृटीमण्डपमा भेटिएका राजकुमार कोईरालाले मुलुकमा निर्वाचनको विकल्प नभएको आँैल्याउँदै त्यसका लागि आवश्यक वातावरण बनाउन केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले जेन—जी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट खोसिएका हतियार, भागेका कैदीबन्दीहरुको तत्काल व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । 

उनीहरुले राजनीतिक दलहरुलाई सहमतीमा नल्याई सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने निष्कर्ष रामकुमार लामाको छ । उहाँकाअनुसार सरकारले निर्वाचनको वातावरण बनाउन पुराना भनिएका राजनीतिक दलहरुसँग मिलेर काम गर्नुपर्ने बताउनु भयो । 

जेन—जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्ने म्याण्डेट पाएको छ । तर त्यो म्याण्डेटअनुसारको गतिविधि सरकारले गरेकोमा सर्वसाधारण असन्तुष्ट छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here