भक्तपुरमा धानवाली भित्र्याउने चटारो


८ कार्तिक २०८२, शुक्रबार १७:४९ मा प्रकाशित

भक्तपुर । तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् ।


शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरुले आफूहरु बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । ठिमीकी सुनिता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरु व्यस्त रहेको बताउनु भयो । उहाँले सरकारले किसानहरुलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो । 

यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गर्नुभयो । उहाँले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र विउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरु सक्षम नभएको पनि बताउनु भयो । 

भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम शुरु हुन्छ । असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम शुरु हुने स्थानीय किसानले बताए । बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here