जोर्डनमा अनार महोत्सव आयोजना


८ कार्तिक २०८२, शुक्रबार १२:५१ मा प्रकाशित


उत्तरी जोर्डनको इरबिडमा बिहीवारदेखि शुरु भएको १७ औं वार्षिक अनार र ग्रामीण उत्पादन महोत्सवमा लगभग ३ सय ५० जना सहभागी भएका छन् । लगभग एक सय किसानले उत्पादन गरेका सामग्री र विभिन्न हस्तनिर्मित शिल्पहरू राखिएको छ ।

जोर्डनको कृषि मन्त्रालय र इरबिड कृषि निर्देशनालयद्वारा आयोजित यस मेलाले किसानको आय बढाउने, महिलाको आर्थिक भुमिकालाई उजागर गर्ने र उत्पादकहरू र शहरी बजारहरू बीचको सम्बन्धलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । महोत्सवले अनारका फाइदाहरूलाई प्रवद्र्धन गर्दै र खाद्य प्रशोधन, ग्रामीण उद्यमशीलता र कृषि–पर्यटनलाई जोड दिँदै बिक्री स्टलहरू र कृषि प्रदर्शनीहरूलाई संयोजन गर्दछ । 

इरबिड जोर्डनमा अनार खेतीको एक प्रमुख केन्द्र हो । जसले वार्षिक रूपमा ६ हजारदेखि ८ हजार टन फल उत्पादन गर्छ । यस वर्षको कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here