काठमाडौं । चाडपर्वको बेलामा नागरिकलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको साल्ट टे«डिङ कर्पोरेशनले कृषि उपजसँगै स्वदेशी औद्योगीक उत्पादन प्रवद्र्धन गरेको छ ।
दशैँ तिहारमा आफ्नो विक्री केन्द्रमा स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई आफ्ना विक्री केन्द्रहरुमा राखेको छ भने नेपालमै उत्पादित औद्योगीक वस्तुहरुको स्टलहरुलाई केन्द्रीय कार्यालयमा निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन गरेको छ ।
साल्ट टे«डिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेशकुमार झाले नेपालमा उत्पादित वस्तुहरुलाई प्रवद्र्धन गर्ने हिसावले चाडपर्वका बेला आफ्ना विक्री केन्द्रमा लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरु सिमि, राजमा, बोडी, फापर, कोदो, मकैको च्याख्लालाई प्राथमिकताका साथ विक्रीमा राखिएको बताउनु भयो ।
उहाँकाअनुसार जुम्लाको स्याउलाई समेत साल्ट ट्रेडिङले प्रवद्र्धन गरेको छ भेन नेपालमा बनेका औद्योगिक उत्पादनलाई समेत निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन गरेको छ । औद्योगिक उत्पादनको हकमा बाल्टाका उत्पादन नेबिको बिस्कुटदेखि स्थानीयस्तरमा उत्पादित कञ्चनजंगा अगरबत्तीलाई समेत केन्द्रिय परिसरमा स्टल राख्न दिएर साल्ट टे«डिङले प्रवद्र्धन गरेको झाले बताउनु भयो ।
जुम्लाबाट च्याउ ल्याएर विक्री गर्दै आएका दलबहादुर खड्काले जुम्लाको स्याउ काठमाडौंमा ल्याइ बजारीकरण गर्न साल्ट ट्रेडिङले सहयोग गरेको बताउनु भयो । १४ वर्षदेखि जुम्लाबाट च्याउ ल्याएर काठमाडौंमा विक्री गरेको र विगत तीन वर्षदेखि साल्ट टे«डिङ परिसरबाट जुम्ली च्याउ बेचिरहेको बताउनु भयो ।
व्यवसायी खड्काकाअनुसार अघिल्ला वर्षमा जस्तो च्याउ यसपटक राम्रो हुन सकेन । असिनासँगैको वर्षाले गर्दा च्याउ नष्ट हुन पुग्यो तर उत्पादन भएको च्याउ बजारसम्म पु¥याउन संघसंस्थाहरुको सहयोगले सहज भइरहेको छ ।






