काठमाडौं । जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गर्नुभएको हो । उहाँले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गर्नुभयो ।
आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उहाँले बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उहाँको भनाई छ । उहाँले जेन—जी अभियन्ताहरुलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिनुभयो ।
उहाँले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताउनु भयो ।






