सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की


१ कार्तिक २०८२, शुक्रबार १६:३८ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको छ ।


शुक्रवार अपरान्ह सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उहाँले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको हो ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताउनु भएको थियो ।

उहाँले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभएको थियो । फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदुतहरुसँग गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदुत र कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here