दक्षिण कोरिया भ्रमण गर्दै सञ्चारमन्त्री खरेल


१ कार्तिक २०८२, शुक्रबार १६:१८ मा प्रकाशित


काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ ।


बिहीवार बसेको मन्त्रीपरिषद् बैठककले खरेललाई दक्षिण कोरिया भ्रमण गर्न अनुमति दिएको हो । मन्त्री खरेल २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ग्लोवल आइसिटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताउनु भयो । त्यस्तै सरकारले विद्युत उत्पादन, प्रशारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here