काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताउनुभएको छ ।
बुधवार सभामुखसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताउनु भयो ।
जेन जीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताउनु भयो । गैरदलीय स्थानीय तह नहुने पनि जेन जीकै मागहरु रहेको बताउनु भयो । देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरु वाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने र उम्मेदावर बन्न नपाउने उमेहरदबन्दी हटाउनुपर्ने बताउनु भयो ।






