कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाका कर्मचारीविरूद्द सामाजिक सञ्जालमा लेखेर मानहानी गर्ने प्याकुरेलले माफी मागे


१० आश्विन २०८२, शुक्रबार १९:५९ मा प्रकाशित

बिर्तामोड । कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाका एक उच्च तहका कर्मचारीविरूद्द सामाजिक सञ्जालमा जथाभावी लेखेर मानहानी गर्ने एक व्यक्तिले  सार्वजनिक रूपमा माफी मागेका छन्। 

  ब्रिज ईन्टरनेशनल बिर्तामोडमा कार्यरत  झापा बिर्तामोडका सागर प्याकुरेलले  गत भदौ २९ गते कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाका एक उच्च तहका कर्मचारीविरूद्द सामाजिक सञ्जालमा जथाभावी लेखेर संस्था र कर्मचारीलाई बदनाम गराउन खोजेपछि संस्थाका कर्मचारी कानूनी उपचार खोज्न वाध्य भएका थिए। 

उनीहरूले प्याकुरेललाई कानून अनुसार कारवाही गर्न ईलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएपनि जेनजी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरी  इलाका प्रहरी कार्यालय अनारमनी क्षतिग्रस्त बनाएको र जिल्ला प्रहरी कार्यालय झापामा समेत थुनुवा राख्ने ठाउँ अभाव भएकाले प्याकुरेललाई माफी मगाई छाडीएको कङ्गारु एजुकेशन फाउण्डेशन बिर्तामोड शाखाका एक कर्मचारीले बताए। 

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपीको रोहबरमा भएको छलफलमा प्याकुरेलले  आफूले सामाजिक सञ्जालमा लेखेर ठूलो गल्ती गरेको भन्दै  माफी मागेको ती कर्मचारीले बताए। 

छलफल पछि ब्रिज ईन्टरनेशनल बिर्तामोडमा कार्यरत समेत रहेका सागर प्याकुरेलले पनि सामाजिक सञ्जालमा स्टेटस मार्फत सार्वजनिक रूपमा माफी मागेका छन्। उनले सामाजिक सञ्जालमा लेख्नु आफ्नो गल्ती भएको स्वीकार गरी क्षमा दिन आग्रह समेत गरेका छन्। आगामी दिनमा कुनै किसीमको गल्ती नदोहोर्याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here