सरकारको चेतावनीः मापदण्ड विपरितका होटल/रेष्टुरेण्टमाथि कडा कारबाही हुन्छ


१० आश्विन २०८२, शुक्रबार १५:३४ मा प्रकाशित

काठमाडौं । सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ ।


शुक्रवार काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरुले मापदण्ड विपरित चलेका होटल तथा रेष्टुरेण्टहरुले आफूलाई १, २ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले अनुगमनको क्रममा मापदण्ड विपरित खाद्य भण्डार गरेको, सरसफाईमा कमी रहेको आँैल्याउँदै तत्काल सुधार गरेर २ दिनभित्र विभागमा उपस्थित हुन पनि होटल तथा रेष्टुरेञ्ट सञ्चालकहरुलाई निर्देशन दिएका थिए ।

मापदण्ड विपरित चल्ने कुनैपनि होटल तथा रेष्टुरेण्टहरुलाई कडा कारबाही गर्ने गरी अनुगमनको कामलाई अघि बढाइएको विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले बताउनु भयो । उहाँले अनुगमनको क्रममा किचनमा सफाईको कमी देखिएको, खाद्य भण्डारणमा पनि समस्या देखिएको पाइएको उल्लेख गर्नुभयो । 


सरकारले दशैँ, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर हरेक वर्ष अनुगमनको कामलाई तिब्रता दिने गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here