नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन


९ आश्विन २०८२, बिहीबार १७:०७ मा प्रकाशित


काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।


भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीवार आयोगमा निवेदन दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सो पार्टीको दर्ता नम्बर ४७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उहाँको भनाई छ ।

नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुकका बीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उहाँले बताउनु भयो । देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशिलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरु भेला भएर एक मूलधारको राजनितिक दल स्थापना गरिएको उहाँको भनाई छ ।


राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताउनु भयो । २१ औँ शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उहाँको भनाई छ । राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here