बझाङ जिल्ला कारागारबाट भागेका कैदीबन्दी प्रहरी नियन्त्रणमा


२५ भाद्र २०८२, बुधबार ०९:२७ मा प्रकाशित

काठमाडौं । बझाङ जिल्ला कारागारबाट मंगलबार राति ९:१५ बजे तिर जेल तोडेर भागेका चार जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कारागारको मुल गेटको ताला तोड्दै सुरक्षाकर्मीलाई धमकी दिएर भागेका ६५ जना कैदीबन्दीमध्य चार जनालाई मंगलबार राति नै प्रहरीले सदरमुकाम चैनपुर बजारबाट नियन्त्रणमा लिएको हो।

जेल तोडेर बागेका कैदीबन्दीलाई प्रहरीको थप सुरक्षा बल आएपछि भागे लगत्तै खोजी गर्दा तीन जनालाई राति  ११:३० बजे र १ जनालाई राती १ बजे सदरमुकाम चैनपुर बजारमा घुमिरहेको अवस्थामा सुरक्षाकर्मीले निणन्त्रणमा लिई जेलभित्र राखेको जेलर राजेन्द्र फराडाले जानकारी दिएका छन्।

उनका अनुसार ४ जना थप भएपछि अब कारागारमा २४ जना कैदीबन्दी पुगेका छन्। कारागारका कैदीबन्दी मंगलबार राति सुरक्षाकर्मी र कर्मचारीको अघि हाकाहाकी भागेका थिए।

कारागारमा एकत सुरक्षा बल कम थियो। त्यसैमा रक्तपात हुने अवस्था आएपछि सुरक्षाकर्मीले संयमता अपनाउँदा कैदीबन्दी भाग्न सफल भए पनि राति नै थप सुरक्षा बल परिचालितपछि ४ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले बताए।

उनले भने, ‘भागेकाहरूको पनि खोजी कार्य जारी नै रहेको छ। अहिले जेल बाहिर ६१ जना रहेका छन्।’

जिल्ला कारागारमा रहेका ८५ जना कैदीबन्दीमध्य जेलमा अब २४ जना रहेका छन्। देशमा दुई दिन चलेको जेनजीको हिंसात्मक आन्दोलका कारण काठमाडौंको नन्खु जेल संगै देशभरका कारागारमा रहेका कैदीबन्दीले जेल तोडेर भाग्ने क्रम बढेको छ।

कारागारको सुरक्षामा खटिएका १८ जना जनपथ, प्रहरी १० जना थप वडा प्रहरी कार्यालयबाट र १० जना सशस्त्र प्रहरी गरी ३८ जना सुरक्षाकर्मीकै आँखा अगाडि निर्धक्क भएर विभिन्न आरोपमा जेल सजाए भोगिरहेका कैदीबन्दी कारागारबाट मुल गेट हुँदै सरमुकाम चैनपुरको मेन सडकबाट भागेका थिए।

‘हामीलाई सरकारले इमान्दर कैदी भनेर कैद छुट गरौस हामी जेल तोडेर भाग्ने पक्षमा नभएको,’ १४ वर्ष जेल सजाए पाएका एक कैदी बन्दीले भने, ‘हामीले एक पटक गलत गर्दा यो सजाए भोगी रहेका छौँ थप अपराध गर्न चाहान्नँ। घर परिवारलाई अहिलेसम्म जेजति पीडा भए पनि सहेका छन्। अब एक दुई वर्ष भित्र नेपाल सरकारको प्रमाण लिएर घर जान्छु। देशमा छिट्टै सरकार बनौस र देशमा शान्ति होस।’

सुरक्षा घेरा तोडेर कैदीबन्दी भागेपछि अहिले सदरमुकाम चैनपुरमा त्रास बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here