काठमाडौं । रौतहटमा रहेको जिल्ला कारागार गौरबाट मङ्गलवार राति करिब १० जबेको समयमा १३९ जना कैदी फरार भएका छन् ।
कारागार प्रशासनका अनुसार विभिन्न मुद्दामा थुनामा रहेका कैदी हरू फरार भएका हुन् ।
कारागारमा रहेका २०० जना कैदी मध्ये ६१ जना भित्र मात्र रहेको र १३९ जना कैदी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का बताउनुभयो ।






