बुद्धशान्ति । झापाको बुद्धशान्ति–४ स्थित सिरिजङघा युथ क्लबको आयोजनामा आउँदो असोज ६ गतेदेखि खुल्ला नकआउट बुद्धशान्तिमा खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा प्रदेश तथा जिल्लाभरका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । सिरिजङघा युथ क्लबको खेल मैदानमा खेल हुनेछ । प्रतियोगितामा विजयी हुने टोलीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
जस अनुसार प्रथम हुने टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, खेलाडीहरूको उत्कृष्टतालाई सम्मान गर्न विभिन्न विधागत पुरस्कारहरू पनि राखिएका छन् ।
बेष्ट स्पाइकर, बेष्ट सटर बेष्ट लिबेरो,बेष्ट ब्लकर, बेष्ट सर्भर लाई नगद १,५००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका खेलकुद संयोजक तथा वडा नं ३ का वार्ड अध्यक्ष परशुराम चेम्जुङले यस प्रकारका प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति रुचि बढाउँनुका साथै उनीहरूमा प्रतिस्पर्धा र अनुशासनको भावना विकास गर्ने बताउनुभयो ।
उहाँले यस खेलले स्थानीय खेल प्रतिभालाई पनि पहिचान गर्ने अवसर प्रदान गर्ने बताउनुभयो । विशिष्ट अतिथि बुद्धशान्ति–४ का वडा अध्यक्ष शेरबहादुर रायाले प्रतियोगिताको महत्व र युवामा खेलकुद प्रवद्र्धनको आवश्यकता औँल्याउनुभयो ।
प्रतियोगिताका बारेमा जानकारी दिँदै सिरिजङघा युथ क्लबका अध्यक्ष टेकेन्द्र मादेनले प्रतियोगिताबाट युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने र स्थानीय समुदायमा स्वस्थ प्रतिस्पर्धा र मित्रता प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले सबै खेलाडीलाई उत्तम खेल प्रदर्शन गर्न प्रोत्साहित समेत गर्नुभयो ।
आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिएको छ । उक्त कार्यक्रममा जनप्रतिनिधि, खेल प्रेमी, स्थानी वासिनदा तथा सञ्चारकर्मीहरुको उपस्थिीति रहेको थियो । खेल प्रतियोगिताको संयोजक पवन थलङ रहनुभएको छ ।






