साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायोः पूर्वराष्ट्रपति भण्डारी


५ भाद्र २०८२, बिहीबार १६:२९ मा प्रकाशित


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताउनुभएको छ ।


काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताउनु भयो ।

राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताउनु भयो । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उहाँको भनाइ छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको टिप्पणी गर्नुभयो । 


पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here