सूर्योदय टेलिभिजनका वरिष्ठ कार्यक्रम उत्पादक केशवराज भण्डारी आजबाट औपचारिक रुपमा बिदा


३ भाद्र २०८२, मंगलवार १८:२८ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड–४ मा अवस्थित सूर्योदय टेलिभिजनका वरिष्ठ कार्यक्रम उत्पादक केशवराज भण्डारी आजबाट औपचारिक रूपमा बिदा भएका छन्।

विसं २०७५ सालदेखि सूर्योदय टेलिभिजनमा आबद्ध भण्डारीले करिब सात वर्षको अवधिमा टेलिभिजनको कार्यक्रम उत्पादनदेखि लिएर बजार व्यवस्थापनसम्मका जिम्मेवारी सम्हाल्दै टेलिभिजनको सामग्री निर्माण, कार्यक्रम सञ्चालन र उत्पादन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।

उहाँको कार्यकालमा विशेषगरी सामाजिक, शैक्षिक तथा चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै टेलिभिजनको छवि सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सहकर्मीहरूले बताएका छन्।

आजको बिदाइ कार्यक्रममा सूर्योदय टेलिभिजनका प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेती, अध्यक्ष मनोज उप्रेती, म्यानेजर डिल्ली शिवाकोटी लगायतले केशवराज भण्डारीलाई सम्मानपत्रसहित सम्मान गर्दै औपचारिक रूपमा बिदा गर्नुभएकाे हाे।

भण्डारीले पनि सूर्योदयसँगको लामो सहकार्यलाई जीवनकै अविस्मरणीय अनुभव रहेको बताउँदै संस्थासँग बिताएका क्षणप्रति आभार प्रकट गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here