नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली


३ भाद्र २०८२, मंगलवार १७:१७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरुलाई नियन्त्रण गर्ने बताउनुभएको छ ।


राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरुको दुरुपयोग धेरैभएको भन्दै कतिपय सामाजिक सञ्जालहरुले तिमीहरुको कानून मान्दिनँ, दर्ता हुँदिन भन्ने गरेको भन्दै तिनीहरुलाई नियन्त्रण गर्ने बताउनु भयो ।

नेपालको कानूनअनुसार सञ्चालन नहुने सामनाजिक सञ्जालहरु अराजकता माध्यम रहेको भन्दै त्यस्ता सामाजिक सञ्जाल नियन्त्रण गर्दा विरोध नगर्न पनि आग्रह गर्नुभयो । नियमभित्र आउनुपर्ने, दर्ता हुनुपर्ने र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानूनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बर्बादीतिर धकेल्ने कोशिस गर्ने यस्ता प्रयासहरु सरकारले सफल हुन नदिने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले लोकतन्त्र पूर्ण रुपमा कार्यान्वयन हुने पनि स्पष्ट पार्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here