मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट


२ भाद्र २०८२, सोमबार १६:१७ मा प्रकाशित


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको छ ।


सोमवार मन्त्रालयमा आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा उहाँले कर्मचारीहरुले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताउनुभएको हो ।

संस्थागत स्वामित्व लिएर कर्मचारीहरुले काम नगरिदिँदा धेरैजसो काममा ढिलासुस्ती हुने गरेको बताउनु भयो । ऐन, नियम, कानून, नियमावलीअनुसार गर्नुपर्ने निर्णय गर्न पनि कर्मचारीहरुले समयमा नै नगरिदिने गरेको उहाँको भनाई छ ।

कर्मचारीहरुकै कारण कतिपय कामहरु ३ वर्षमा सक्नुपर्नेमा ६ वर्ष लाग्ने, २ वर्षमा हुने काम ४ वर्षमा समेत नहुने गरेको उहाँले बताउनु भयो । कानूनअनुसार गर्नुपर्नेमा काममा ढिलासुस्ती गर्ने, आलटाल गर्ने काम नर्गन कर्मचारहरुलाई निर्देशन समेत दिनुभयो ।


उहाँले जनतालाई परिणाम दिनेगरी काम गर्ने निर्देशन दिनुभयो । गएको एक वर्षमा राम्रो काम नभएको भन्दै उहाँले चालु आर्थिक वर्षमा जनतालाई महसुस हुनेगरी काम गर्न आग्रह गर्नुभयो । 
कार्यक्रमम मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभाग, वाग्मतीसँग सम्बन्धित काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कार्यलयहरुको सम्पूर्ण कार्य लक्ष्यलाई समष्टिगत गरेर कार्य सम्पादन सम्झौता गरिएको जानकारी दिनुभयो ।

सम्झौताअनुसार हरेक महिना भएको उपलब्धिलाई मन्त्री समक्ष रिपोर्टिङ गर्नुपर्ने उहाँको भनाई छ । प्रत्येक महिनाको मासिक विवरणमा प्रगतिमा हाँसिल भएको कुराहरुको लेखाजोखा हुने उहाँले बताउनु भयो । हाँसिल गर्न नसकेको विषयलाई भने स्पष्ट कारण र प्रमाणसहित अर्को महिना गर्नेगरी कार्ययोजना पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।  


शहरी विकास मन्त्रालयको कार्यक्रम तथा बजेट, सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक निति तथा कार्यक्रममा उल्लेख भएका मन्त्रालय अन्तर्गतको कार्यक्रमहरु निर्धारित समय, लागत र गुणस्तर अनुरुप सम्पन्न गर्नेगरी शहरी विकासमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here