काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव स्पारिरहेको जिकिर गर्नुभयो ।
जलवायु परिवर्तन मानव जातिको अस्तित्वका लागि ठूलो संकट बनेको जिकिर गर्नुभयो । आजको विश्वमा बैले कुनै न कुनै मात्रामा जलवायु परिवर्तनका असर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगिरहेको बताउनु भयो ।
जलवायु परिवर्तनले पार्ने विभिन्न खाले साना तथा ठूला जोखिमका सामना गर्नका लागि सरकार तथा अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रयासहरु गरिरहेको भएपनि पर्याप्त नभएको जिकिर गर्नुभयो । हिन्दुकुष हिमालय क्षेत्रको जैविक विविधता संकटमा परिरहेको उल्लेख गर्नुभयो ।
सभापति थापाले हिन्दुकुष हिमालय मुलुकका बीचमा सामुहिक कार्य र ऐक्यवद्धता हुन जरुरी रहेको बताउनु भयो ।






