प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर


७ श्रावण २०८२, मंगलवार १७:२७ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाउनुभएको छ ।


राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरु उखेलेर फाल्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भ्रष्टाचारीमो मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी पनि गर्नुभयो । 

उहाँले भ्रष्टाचारमा संलग्न पाइपलाइनमा रहेका मन्त्रीको लाइफलाइन छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here