काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताउनु भयो ।
रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको बताउनु भयो । संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको बताउनु भयो ।
सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको बताउनु भयो । जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताउनु भयो ।






