नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छः मन्त्री पाण्डे


१७ असार २०८२, मंगलवार १०:२९ मा प्रकाशित


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । 


मंगलवार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाल आर्थिक रुपमा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनु भयो ।

नेपाल एयरलाइन्सले पनि आर्थिक व्यवसायिक सफलता हात पार्न नसकेको बताउनु भयो । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरुले ध्यान दिनुपर्ने बताउनु भयो । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उहाँको भनाइ छ ।

यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको बताउनु भयो । 


मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताउनु भयो । पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनु भयो । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here