शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेका छन्ः सांसद भट्टराई


१६ असार २०८२, सोमबार २०:१० मा प्रकाशित


काठमाडौं ।  नेकपा (एमाले)की सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाहरुले चलखेल गरिरहेको बताउनुभएको छ । 


सोमवार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो । उहाँले सरकार समेत इन्ट्रेस्ट गु्रपको दबाबमा काम गरिरहेको आरोप लगाउनु भयो ।

विधेयकका सम्बन्धमा मस्यौदा अथवा प्रतिवेदनको पक्षमा उभिनुपर्ने सरकार इन्ट्रेस्ट गु्रपसँग छलफल गरिरहेको सांसद भट्टराईको आरोप छ । यसरी संसदको गरिमा र मार्यादा बाँकी नरहने उहाँको भनाइ छ ।


बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरोकारवालाहरुको दबाबमा ऐन निर्माण गर्ने कुराप्रति आपत्ति  जनाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here