लागू औषध खैरो हिरोइन सहित ४ जना पक्राउ


२ जेष्ठ २०८२, बिहीबार १३:५२ मा प्रकाशित

विराटनगर । झापा र मोरङको विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ३१ गते मोरङको बिराटनगर(१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बेलबारी(७ का २२ वर्षीय रोशन राईलाई खैरो हिरोइन २ ग्राम १३ मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलिले झापा बिर्तामोड(१ का २९ वर्षीय बिशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र इलाम माई नगरपालिका(८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई लागू औषध खैरो हेरोईन २ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here