फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैनः अध्यक्ष बस्नेत


१ जेष्ठ २०८२, बुधबार १७:४९ मा प्रकाशित


काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताउनुभएको छ ।


बुधवार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताउनु भयो ।

उहाँले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताउनु भयो । उहाँले पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताउनु भयो । उहाँले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गर्नुभयो । उहाँले पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको बताउँदै दुःख भित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here