सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै हुन्ः जनार्दन शर्मा


१ जेष्ठ २०८२, बुधबार १३:५० मा प्रकाशित
काठमाडौ, ३२ जेठ ः सांसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटमाथि आफ्नो धारणा राख्दै पूर्वमन्त्री एवम् सांसद जनार्दन शर्मा । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै रहेको बताउनुभएको छ ।


बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति सङ्घ सरकारले विश्वास नगरेको बताउनु भयो ।

उहाँले सङ्घीयताको विरोधी अरू कोही नभएर सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गर्नुभयो । उहाँले सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा सङ्घीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताउनु भयो । उहाँले बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू सङ्घ सरकारबाट भएको बताउँदै सङ्घीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here