अक्टोबर ७, २०२३ मा इजरायलको सैन्य आक्रमण शुरु भएदेखि गाजा पट्टीमा १६,००० भन्दा बढी बालबालिका मारिएका छन् । गाजाका स्वास्थ्य अधिकारीहरूसँगको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हम्सले भने कि मृत्यु हुनेको संख्यामा १६ हजार २ सय ७८ बालबालिकाहरू समावेश छन् ।
जसमध्ये ९०८ शिशु र ३११ नवजात शिशुहरू जन्मेपछि मरेका थिए । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा एक पत्रकार सम्मेलनमा अल–हम्सले उक्त बयान दिनुभएको हो ।
उहाँले मार्चको सुरुमा इजरायलले क्रसिङहरू बन्द गरेदेखि मानवीय अवस्था उल्लेखनीय रूपमा बिग्रिएको र आवश्यक स्वास्थ्य सेवाहरू अवरुद्ध भएको कुरामा जोड दिनुभयो । यसले हजारौं बालबालिका र गर्भवती महिलाहरूलाई चिकित्सा सेवामा पहुँचबाट वञ्चित बनाएको छ । जसले गर्दा संकट अझ बढेको छ । इजरायलीले पूर्वाधारलाई लक्षित गरेको र सहायता अस्वीकार गरेको कारण धेरै बालबालिकाहरू दिनको एक अपूर्ण खानामा बाँचिरहेका छन् । सफा पिउने पानी र उचित पोषणको सिमित पहुँच छ ।
अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा ५२ हजार भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमा मार्च १८ मा इजरायलले गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेदेखि लगभग २ हजार ५ सय जनाको मृत्यु भएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।