वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन


२३ बैशाख २०८२, मंगलवार १७:२९ मा प्रकाशित

वामपन्थी नेता प्रदीप नेपालको मंगलबार उपचारका क्रमममा नर्भिक अस्पतालमा निधन भएको छ । ७१ वर्षीय नेपाल लामो समयदेखि अस्वस्थ थिए । उनको मृत्युपछि उनकै इच्छाअनुसार पार्टीको झण्डा नओढाइने भएको छ । 

पारिवारिक स्रोतका अनुसार दिवंगत नेपालले यसअघि नै आफूलाई झण्डा नओढाउन र श्रद्धाञ्जलीसभा पनि नगर्न इच्छा व्यक्त गरेका थिए । त्यसैले उनको शवमा झण्डा नओढाइने भएको जनाइएको छ । उनको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिनेछ । उनका भाइ समीर नेपालले मंगलबारै अस्पतालबाट  सिधै पशुपति आर्यघाट लगिने बताए । नेता नेपाललाई विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिने उनले बताए ।

नेता नेपाल पटकपटक मन्त्री भएका थिए । उनी नेकपा एमालेका संस्थापक नेता थिए । पछिल्लो एक दशक भने उनी राजनीतिबाट टाढा थिए । नेकपाकालमा स्थायी कमिटी सदस्य थिए भने सो पार्टीको अस्तित्व समाप्त भएपछि एमालेमा थिए । तर, उनी एमाले पनि सक्रिय भने भएनन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here