स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्ताहरूलाई क्षमता अभिवृद्धि तालिम


१७ बैशाख २०८२, बुधबार १५:५० मा प्रकाशित

काठमाडौं । वागमती प्रदेश सरकारले स्थानीय न्यायिक सहजकर्ताहरूको एकदिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ ।


स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहजकर्ताहरूको ज्ञान, सीप र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तालिमको आयोजना गरेको हो ।  

तालिममा कानूनी साक्षरता, वैकल्पिक विवाद समाधान प्रणाली र स्थानीय न्यायिक समितिका कार्यप्रणालीबारे प्रशिक्षण गरिने बताइएको छ  । तालिको उद्घाटन सत्रमा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले पालिकाको न्यायिक निरुपणमा सहजिकरण गर्न स्थानीय सहजकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले स्थानीय तहसँग न्यायिक सुधारका काममा प्रदेश सरकार समन्वय गर्न सधैं तत्पर रहेको बताउनु भयो । उहाँले पछिल्लो समय मेलामिलापकर्ता हरेक टोल र समाजमा आवश्यक पर्ने उल्लेख समेत गर्नुभयो । 


सहभागीहरूले तालिमबाट न्यायिक आचरण, मुद्दा व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयबारे महत्वपूर्ण ज्ञान हासिल गर्ने विश्वास लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here