स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः मन्त्री पौडेल


१६ बैशाख २०८२, मंगलवार १६:५४ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताउनुभएको छ ।


अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताउनु भयो ।

उहाँकाअनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्नेव वक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो । उहाँले वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने  बीमा कसरी चल्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताउनु भयो । गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ वक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पार्नुभयो । 


सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड चलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बीमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here