सुडानको क्रुर गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा देश अझै पनि गहिरो मानवीय, राजनीतिक र आर्थिक विपत्तिले ग्रस्त छ । अन्तर्राष्ट्रिय संस्थाहरूले अप्रिल १५, २०२३ मा शुरु भएको सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सबीचको द्वन्द्वलाई आज संसारको सबैभन्दा खराब मानवीय संकटको रूपमा वर्णन गरेका छन् ।
जुन व्यापक भोकमरी, रोग, विस्थापन र जीवनको क्षतिले चिन्हित छ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सुडानको अवस्थालाई अचम्मलाग्दो मात्रा र क्रूरताको त्रासदीको रूपमा वर्णन गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, आन्तरिक र सीमापार दुवैतर्फ १ करोड ५० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । यसैबीच, सुडानको कृषि क्षेत्र भग्नावशेषमा छ । जसले पीडालाई बढाइरहेको छ । युद्धले व्यापक अनिकालको डर पनि जगाएको छ । राहत एजेन्सीहरूका अनुसार सुडानको आधा जनसंख्या – लगभग २ करोड ५० लाख मानिसहरू – अहिले अन्तर्राष्ट्रिय सहायतामा निर्भर छन् ।
डिसेम्बर २०२४ मा जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण प्रतिवेदनले चेतावनी दिएको छ कि अनिकाल पहिले नै कम्तिमा पाँच क्षेत्रहरूमा फैलिरहेको छ । जसमध्ये पाँच थप जोखिममा छन् ।