ओली–देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ


३ बैशाख २०८२, बुधबार १७:४१ मा प्रकाशित


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताउनुभएको छ ।


सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो  । उहाँले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाई भएको जिकिर गर्नुभयो ।

उहाँले सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिनुभयो । उहाँले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिनुभयो । 


सरकार शिक्षकका मागहरुप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । उहाँले शिक्षकका जायज मागहरु पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here