भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


१ बैशाख २०८२, सोमबार १८:५६ मा प्रकाशित

झापा । प्रकाश बानियाँ, बानियाँ बन्धु समाज, झापाले आज एक विशेष कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बानियाँले गर्नुभएको थियो। कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी वर्ग तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा बानियाँ बन्धु समाज, झापाको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड पनि राखिएको छ। कार्यक्रमसँगै आयोजित बैठकमा आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा विशेष छलफल गरिएको थियो।

साथै समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विविध विषयमा समेत गहन छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताउनुभयो। समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण सदस्यहरूमा सुख, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here