काठमाडौं । आजबाट २०८२ साल शुरु भएको छ । नयाँ वर्षको अवसरमा देशभर मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनभर शुभ कामना गर्ने गरिन्छ । एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अवसरमा मन्दिहरुमा भक्तजनहरुको भीड रहेको छ ।
मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनको शुभकामना माग्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।