यातायात व्यवस्था कार्यालय बिर्तामाेडबाट करिब एक दर्जन बिचाैलिया पक्राउ


२१ चैत्र २०८१, शुक्रबार १५:२५ मा प्रकाशित

बिर्तामोड, चैत २२ । बिर्तामाेड । यातायात व्यवस्था कार्यालय मेची, बिर्तामाेडमा नेपाल प्रहरीले स्टिङ अपरेसन गरेर करिब एक दर्जन  बिचाैलियालाई पक्राउ गरेकाे छ । शुक्रबार कार्यालय समयमा प्रहरीले स्टिङ अपरेसन गरेकाे थियाे । 

साे क्रममा बिचाैलिया पक्राउ परेकाे स्राेतकाे दावी छ । बिचाैलियाका कारण यातायात व्यबस्था कार्यालयमा कर तिर्न जाने सेवाग्राही ठगिएकाे गुनासाे आएपछि प्रहरीले स्टिङ अपरेसन गरेकाे हाे । बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाबाट पक्राउ परेका बिचौलियाको नाम प्राप्त भएको छ ।

प्रहरीको विशेष टोलीले आज दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने छजना बिर्तामोड वडा नम्बर १ का रहेको प्रहरीले जनाएको छ ।प्रहरीले बिर्तामोड १ का २७ वर्षीय सुरज आचार्य, ४२ वर्षीय तुलसी खतिवडा, २४ वर्षीया गरिमा घिमिरे, ५२ वर्षीया सीता भेटवाल र २९ वर्षीय रोशन आचार्यलाई पक्राउ गरेको हो ।

त्यस्तै, कनकाई १ का २० वर्षीय दिवस राई, बिर्तामोड ५ का ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड ३ का २६ वर्षीय रिशन लिम्बू र बिर्तामोड २ का २४ वर्षीय टंकप्रसाद राजवंशी रहेको प्रहरीले जनाएको छ ।

बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि आज जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले नौजना बिचौलियालाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here