भारतको गुजरातमा लडाकु विमान दुर्घटना हुँदा १ पाइलटको मृत्यु


२१ चैत्र २०८१, शुक्रबार १०:५६ मा प्रकाशित


भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएको अधिकारीहरूले बिहीवार बताएका छन् ।

गुजरातको राजधानी गान्धीनगरबाट लगभग ३३४ किलोमिटर पश्चिममा रहेको जामनगर जिल्लाको सुवर्दा गाउँको खुला मैदानमा बुधवार राति दुर्घटनापछि लडाकु विमानमा आगो लागेको थियो । भारतीय वायुसेनाले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here