काठमाडौं । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको बिरोध गर्ने निर्णय गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको बिरोध गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको बताउनु भयो ।
सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ । तर संसदीय गतिविधि बाहेकका काममा दुई तिहाईको अर्थ रहँदैन ।
उहाँले सदनमा प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णयको बिरुद्धमा बिरोध गर्ने बताउनु भयो ।