लालिगुराँस एजुकेशन एकेडेमी फर अलले मनायो तेस्रो वार्षिककोत्सव


९ फाल्गुन २०८१, शुक्रबार १७:५४ मा प्रकाशित

बिर्तामाेड, देव बाँस्काेटा । झापाको बुद्धशान्ति –५ आयाबारीमा रहेको लालिगुराँस एजुकेशन एकेडेमी फर अलले आफ्नो तेस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।


कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक जनप्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, आधुनिक नृत्य, गायन, कविता, हाँस्यब्यङग्य लगायतका प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्याव्सन झापा जिल्ला अध्यक्ष छत्र कार्कीले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रूपमा लालिगुराँस एजुकेशन एकेडेमी फर अललाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले वालवालिकाहरूको क्षमता पहिचान गरि सबै अभिभावकहरूलाई उनीहरूको रूचीका विषयमा सरिक हुने वातावरण मिलाउन सके मात्र सिकाई उपलब्धिमुलक हुने बताउनुभयो । उहाँले सबै अभिभावकहरुलाई बालबच्चाहरुलाई घरमा पनि राम्रो शिक्षा दिन आग्रह गर्नुभयो ।

कार्यक्रमा स्वागत मन्तव्य राख्दै विद्यालयका निर्देशक तथा प्रधानध्यापक हिमाल उप्रेतीले तेस्रो वर्षको यात्रामा साथ दिने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here