टर्किएको स्की रिसोर्टमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ


९ माघ २०८१, बुधबार ११:२० मा प्रकाशित


उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्किएको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गर्नुभयो । 


मंगलवार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो । चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनाहरू बसिरहेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधवार राष्ट्रिय शोक दिवसको घोषणा गर्नुभयो । 


व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनाहरूलाई राखिएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here