कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दुतावास पुनः खोल्यो


७ पुष २०८१, आईतवार १०:५२ मा प्रकाशित


कतारले शनिवार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दुतावास पुनः खोलेको छ । १३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दुतावास परिसरमा कतारको झण्डा फहराइएको थियो ।

सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो । डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि सिरिया भ्रमण गर्न क्षेत्रीय र पश्चिमी प्रतिनिधिहरूको लहरको बीचमा दुतावास पुनः खोलिएको हो ।

कतारको एक प्रतिनिधिमण्डलले सिरियाको संक्रमणकालीन सरकारका प्रतिनिधिहरूसँग भेट गरेको र सुरक्षा, शान्ति, विकास र समृद्धिका लागि सिरियाली जनतालाई सहयोग गर्ने कतारको प्रतिवद्धता दोहो¥याएको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताउन भयो ।

अल अन्सारीले बैठकले सिरियामा कतारी मानवीय सहायताको प्रवाह सुधार गर्न र यस महत्वपूर्ण चरणमा सिरियाली जनसंख्याको अत्यावश्यक आवश्यकताहरूको मूल्याङ्कन गर्नेबारे पनि छलफल गरेको थियो । असादको पतनपछि औपचारिक रूपमा सिरियाको राजधानीमा कुटनीतिक कार्यहरू पुनः शुरु गर्ने टर्कीपछि कतार दोस्रो देश हो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here