उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का


३ पुष २०८१, बुधबार १७:०० मा प्रकाशित


काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताउनुभएको छ ।


बुधवार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताउनु भयो ।

उहाँले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बतानु भयो । उहाँले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताउनु भयो । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताउनु भयो । 

मन्त्री खड्काले सबैले इमान्दारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here