जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छः प्रधानमन्त्री


३ पुष २०८१, बुधबार १६:४६ मा प्रकाशित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गर्नुभएको छ ।


बुधवार काठमाडौंमा नेपाल उत्पिडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले मानिस सबै बराबर हुने बताउनु भयो ।

जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको बताउनु भयो । उहाँले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताउनु भयो । जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताउनु भयो । 


प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जथाभावी बोल्ने र गर्न थालेपछि काँग्रेस र एमाले मिलाएर सरकार बनाएको बताउनु भयो । अस्थिरता, अन्योलता र भ्रष्टाचारको सीमा नरहे पनि आफूहरु मिलेर सरकार बनाएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here