व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्याः महानिर्देशक पौडेल


१७ मंसिर २०८१, सोमबार १०:५१ मा प्रकाशित



काठमाडौं ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताउनुभएको छ ।


उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी,दुग्ध व्यवसायीहरुले पानी व्यवसायीहरुलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायत व्यवसायीहरुलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताउनु भयो ।

उहाँले एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको बताउनु भयो । उहाँले व्यवसायीहरुबीच आरोप÷प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको बताउनु भयो । उहाँले बजार अनुगमन लगायतका विषयमा कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेको बताउनु भयो ।

उहाँले आरोप÷प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरुलाई कमजोर बनाउने बताउनु भयो । उहाँले दशैं तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई/तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरुलाई कारबाही गर्ने नियत नभएको बताउनु भयो । उहाँले विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व संकलन गर्ने उद्देश्य नभएको दाबी गर्नुभयो ।


उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले अफ्ठ्यारो स्थितिमा गरेको लगानीलाई बुझेर कानूनी कारबाही गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले लगानी समेत डुब्ने गरी कारबाही गर्दा उद्योग व्यवसायबाट व्यवसायी पलायन हुने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले लामो समयदेखि बजार अनुगमन गरिरहेको तर बजारमा सुधार नभएको भन्दै सुधार हुन जरुरी रहेको बताउनु भयो ।


उहाँले सरकारले बजार अनुगमनबाट अस्वभाविक मूल्यवृद्धि हुँदैन भन्ने ग्यारेन्टी गर्दा मात्रै बजार अनुगमनको प्रभावकारीता हुने बताउनु भयो । उहाँले मिति सकिएका वस्तुहरु बजारमा पाइँदैन भन्ने अवस्था बनाउँदा मात्रै उपभोक्ताहरु ढुक्क भएर बजारमा जानसक्ने अवस्था आउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here