बिर्तामोड । झापा प्रहरीले मंगलवार कनकाई नगरपालिकामा गाई मारेर फरार भएका ४ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
कन्काई नगरपालिका वडा नं.३ बस्ने लिला प्रसाद सिलवालको गोठबाट गाई चोरेर उनीहरुले मारेका थिए । गाई चोरी भएको भनि खोजतलास गर्ने क्रममा कन्काई नगरपालिका वडा नम्बर ३ टप्पु चोकस्थित लिला सङग्रौलाको घरमा डेरा गरी बस्ने चार जनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४६ को बुधन आलम, श्रीमति बर्ष ३९ की कुरेसा खातुन, किसनगञ्ज भारत घर भई हाल झापा कनकाई नगरपालिका वडा नं.३ बस्ने बर्ष २० को दिलवर हुसेन र दिलवर हुसेनको श्रीमति बर्ष १९ की महिदा खातुन रहेको झापा प्रहरीले जनाएको छ ।
प्रतिबादीहरुले गाई चोरी गरेर आफ्नो कोठामा काटी मासु समेत प्रयोग गरी फरार रहेको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा बुधन आलमलाई बाह्रदशी गाउँपालिका वडा नं. ४ झापा र कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका वडा नं. ५ मेचीपुलबाट भारत तर्फ भागिरहेको अवस्थामा पक्राउ गरि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
उनीहरुलाई बुधबार झापा जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा दिन ५ म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको झापा प्रहरी जनाएको छ ।