एकीकृत समाजवादीको बैठक आइतबारबाट सुरू हुँदै


९ भाद्र २०८१, आईतवार ०८:२९ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ ।

बैठक आज बिहान ११ बजेबाट काठमाडौँको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ । बैठक मंगलबारसम्म चल्ने छ । बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिए ।

उनकाअनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।

त्यस्तै केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भूसालले जानकारी दिए। गत असार १६ देखि २० गतेसम्म चलेको १० औं महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालमात्रै निर्वाचित गरेको थियो।

बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ । यस्तै विविध प्रस्तावमाथि पनि छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here