अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार


१९ श्रावण २०८१, शनिबार ०९:२५ मा प्रकाशित

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् ।

उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् । 

प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here