दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना


३० जेष्ठ २०८१, बुधबार ०८:३९ मा प्रकाशित

रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो।

आयतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको डिएसपी भट्टले जानकारी दिए।

नाम नखुलेको बसका सहचालक गम्भीर घाइते छन्। उनको चौराहा हस्पिटलमा उपचार भएरहेको छ।

सडकमा रोकेर राखेको ट्रकका चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here